Flash News

मुगु नेबिसघद्धारा राराताल सरसफाई कार्यक्रम आयोजना

१४ पुष २०८०, शनिबार ११:५०

हिमालय प्रेस संवाददाता

मुगु नेबिसघद्धारा राराताल सरसफाई नेपाल बिधार्थी संघ जिल्ला कार्य समिति मुगुले ग्रिन रारा क्लिन भन्ने मुल नारा सहित शनिबार रारा ताल परिसर ब्यापक सरसफाई कार्यक्रम संचालन गरेको छ । नेपाल बिधार्थी संघका केन्द्रिय सदस्य दिपक रावल, शिबराज डागर, नेबिसंघ जिल्ला कार्यवाहक अध्यक्ष बालचन्द कार्की उपसभापति रामराज मल्ल रारा बहुमुखि क्याम्पसका स्वबियू राज तमाङ लगायत बिधार्थी नेता तथा कार्यक्रताहरुको सहभागीमा रारा ताल सरसफाई कार्यक्रम गरिएको नेपाल बिधार्थी संघले जनाएको छ ।

पर्यटकिय गन्त्बय रारामा पर्यटक आगमन संगै बृद्धि हुन थालेपछि नेबिसघले एक दिने सरसफाई कार्यक्रम संचालन गरेको नेबिसंघ कार्यबाहक अध्यक्ष बालचन्द कार्कीले बताए । रारा ताल वरपर जथाभावि फयाकिएका पलाष्टि, शिशाका बोतल, जम्मा गरेर खाल्डोमा जम्मा गरिएको उनको भनाई छ । रारा तालको सुन्दरता बचाउन सरसफाई कार्यक्रम अनिबार्य रहेको नेबिसंघले जनाएको छ ।

राराको सुन्दरता जोगाउन सके आन्तरिक तथा बाहय पर्यटकको संख्या बृद्धि भई स्थानीयको जीवनस्तरमा सुधार आउने नेबिसंघ जिल्ला कार्य समितिका अध्यक्ष सोबिन्द्रबहादुर मल्लले हिमालय प्रेसलाई जानकारी गराए । नेबिसंघले रारा सरसफाई कार्यक्रमलाई निरन्तरता दिने मल्लको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्