Flash News

चाडपर्वले सामाजिक सद्भाव बढाउन मद्धत पुर्याएका छन् – सभापति देउवा

१५ पुष २०८०, आईतवार ०४:०८

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा मनाइने विविध चाडपर्वले सामाजिक सद्भाव बढाउन मद्धत पुर्याउदै आएका बताएका छन् ।

आइतबार तमु ल्होसारका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले तमु ल्होसारले नेपाली समाजमा सद्भावना बढाउँदै आएको बताए । ‘तमु जातिको नयाँ वर्षकोरुपमा मनाइने ल्होसारले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको छ । यो पर्वले नेपाली समाजमा सद्भावना बढाउदै आएको छ,’ देउवाले विज्ञप्तिमार्फत् भनेका छन् ।

उनले ल्होसारले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन समेत सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्