प्रदेश समाचार

अनेरास्ववियुको सचिवमा उम्मेदारी दिन्छु: धुपेन्द्र शाही

२५ माघ २०७९, बुधबार ११:०५

काठमाडौँ। नेकपा एमाले निकट अनेरास्ववियुको २३औं महाधिवेशनको मिति नजिकिएसँगै विद्यार्थी नेताहरू चलायमान बनेका छन्।

अनेरास्ववियुमा क्रियाशिल नेताहरूले आगामी महाधिवेशनमा उम्मेदार बन्ने उद्घोषसमेत गरिरहेका छन्। प्लानल बाइज चुनाव होला या स्वतन्त्र ढंगले ? भन्ने प्रश्नको जवाफमा अनेरास्ववियुका एक नेता भन्छन्, ‘पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको इच्छाअनुसार अनेरास्ववियुको निर्वाचन हुन्छ। सकभर प्लानल बन्ने छैन।’

यसै क्रममा अनेरास्ववियुका नेता धुपेन्द्र शाहीले संगठनको सचिव पदका निम्ति आफ्नो उम्मेदारी रहने बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेशबुकमार्फत शाही उक्त कुरा जानकारी गराएका हुन्। नेता शाही अनेरास्ववियुका सचिवालय सदस्य हुन्।

उनले लेखेका छन्, ‘देशको सबैभन्दा शक्तिशाली संगठन, आम नेपाली विद्यार्थीहरुको आशा र भरोसाको केन्द्र अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन यहि फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा सम्पन्न हुँदैछ। देशै भरबाट प्रतिनिधि छनोट हुनु भएका प्रतिनिधि ज्युहरूलाई हार्दिक बधाइ छ। यो महाधिवेशन एतिहासिक हुने छ भन्ने विश्वास छ। अनेरास्ववियुको इतिहासलाई रक्षा र थप मजबुत बनाउन यो महाधिवेशनमा सचिवको उम्मेदवार हुने निधो गरेको छु।’

प्रतिक्रिया दिनुहोस्