Flash News

उद्योग व्यापार सरकारले संचालन गरोस,राजस्व चुहावट कम हुन्छ – सांसद सुवाल

१८ पुष २०८०, बुधबार ११:०४

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उद्योग व्यापार पनि सरकारले नै संचालन गरे राजस्व चुहावट कम हुने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन,न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले उद्योग व्यापार कुटनीतिक व्यापारीहरूले कब्जा गरेकाले राजस्व चुहावट भएको भन्दै उद्योग व्यापार पनि सरकारले नै संचालन गरेमा राजस्व चुहावट कम हुने बताएका हुन् ।

उनले भने, ‘राजस्व चुहावट नहुनेगरी हामीले काम गर्नका लागि उद्योग व्यापार पनि सरकारले संचालन गरेको खण्डमा राजस्व चुहावट नहुने गरी हामीले काम गर्नका लागि उद्योग व्यापार पनि सरकारले सञ्चालन गर्नुपर्छ । किनभने व्यक्तिलाई छोडिदिएपछि राजश्व चुहावट हुने रहेछ । जस्तै विद्युत महशुल चुहावटको कुरा जनताले त दुई महिना नतिरेपछि लाइन काटिन्छ । यहाँ त खराब कुटनीतिक व्यापारीहरुले कब्जा गरेको रहेछन् । ’

उनले नेपाल कृषि प्रधान देश भएर पनि दाल चामल पनि भारतसँग किन्नुपर्ने लज्जास्पद कुरा भएको टिप्पणी गरे । प्रत्येक पालिकामा एक जना पशु चिकित्सक र कृषि विज्ञको दरबन्दी राखे कृषिलाई आत्मनिर्भर बनाउन सकिने उनको भनाइ छ । उनले भने, ‘प्रत्येक पालिकामा एक जना स्नातक पशु चिकित्सक र कृषि विज्ञको दरबन्दी राख्नुपर्यो भनेर प्रस्ताव गरेको छौं । किनकी कृषिलाई आत्मनिर्भर बनाउनुपर्छ । दाल चामलको लागि पनि भारतसँग किन्नुपर्ने मन्त्री ज्युहरुको एक किसिमको बेइज्जत होइन र कृषि प्रधान देशमा ?।’

प्रतिक्रिया दिनुहोस्