राजनीनिती

राष्ट्रियसभा निर्वाचन: आज मतदाता नामावली प्रकाशन हुँदै

२० पुष २०८०, शुक्रबार ०२:४२

काठमाडौं । आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिनेछ । निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ । प्रदेशका सांसद र पालिकाका प्रमुख तथा उपप्रमुख राष्ट्रिय सभाका मतदाता हुन्छन् ।

प्रकाशित मतदाता नामावलीउपर आजदेखि पुस २२ गतेसम्म दाबी विरोध गर्न सकिनेछ । २२ गते अन्तिम मतदाता नामावली प्रकाशन तथा पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ भने पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्