Flash News

विदेशमन्त्री जयशंकरले गरे पशुपतिमा पूजा र वृक्षरोपण

२० पुष २०८०, शुक्रबार ०४:२०

काठमाडौं । दुई दिने औपचारिक नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा.एस जयशंकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । बिहीबार काठमाडौं आईपुगेकै दिन उच्चस्तरीय  भेटवार्ता गरेका जयशंकरले आज बिहान पशुपतिनाथ मन्दिरको दर्शनसँगैरुद्राक्षको वृक्षारोपण समेत गरेका छन् ।  शुक्रबार नै नेपाल भारतबीच विभिन्न सहमतिमा हस्ताक्षर गरिएको छ ।

नेपालका मन्त्रीहरु तथा भारतका विदेशमन्त्री यसशंकरको उपस्थितिमा दीर्घकालीन विद्युत व्यापार सम्झौता, उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजनाको कार्यान्वयन,नवीकरणीय ऊर्जा विकासमा सहयोग गर्ने सहमतिमा हस्ताक्षर भएका छन् । त्यस्तै, स्याटेलाइट सम्बन्धी सम्झौता, जाजरकोट भूकम्पमा पाँचौं किस्ताको सहयोग हस्तान्तरण गर्ने सहमति समेत भएको छ ।

जयशंकर नेपाल भ्रमण सकेर आजै दिउँसो वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्