Flash News

भारतीय दूताबासको २० करोड लगानी षडयन्त्रपूर्ण योजना हो – पोखरेल

२२ पुष २०८०, आईतवार ०९:५९

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतीय दूताबासमार्फत सोझै २० करोड लगानी हुनु डरलाग्दो षडयन्त्रपूर्ण योजना रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय अपाङ्गता संगठन नेपालद्वारा आयोजित सेतो छडी वितरण कार्यक्रममा बोल्दै उनले विगतमा पाँच करोड वितरण भईरहेकोमा एकै पटक अहिले २० करोड पु¥याउनु नेपालमा आफ्ना मान्छे बनाउने डरलाग्दो षडयन्त्रपूर्ण योजना रहेको बताएका हुन् ।

‘कुनैबेला दूताबासले तीन करोड वितरण गर्दथ्यो । पछि पाँच करोड वितरण गर्ने कुरा प्रारम्भ गरियो । अहिले २० करोड पुर्याइएको छ । यो हाम्रो राष्ट्रको बजेट अन्तरर्गत होईन् । कुनैपनि मूलुकको दुतावासले नेपालभित्र आएर पैसा वितरण गरेर आफ्ना मान्छे बनाउने योजनाको एउटा डरलाग्दो षडयन्त्रपूर्ण योजना बनाइएको छ,’ उनले भने,‘नेकपा एमाले त्यो सहमति वा सम्झौताको विरोध गर्दछ । असहमति प्रकट गर्दछ । सम्झौता राष्ट्रिय हित विपरीत हो । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रमा र्हास आउने कुरा हो ।’

फरक प्रसङ्ग उल्लेख गर्दै पोखरेलले अहिले जातीय सद्भावलाई खलबल्याउन पहिचानको नाममा आगो सलकाउने काम भएको पनि टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्