Flash News

प्रधानसेनापति र बेलायती मन्त्रीबीच भेटवार्ता

२६ माघ २०७९, बिहीबार ०६:५९

काठमाडौँ। प्रधानसेनापति प्रभुराम शर्मा र नेपाल भ्रमणमा रहेका बेलायतका प्रतिरक्षा सेवामा आबद्ध जनशक्तिसम्बन्धी मन्त्री एन्ड्र्यु मुरीसनबीच भेटवार्ता भएको छ।

सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटवार्तामा उनीहरूबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। यस्ता भेटघाटबाट दुई देशबीच रहिआएको सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाले विश्वास लिएको छ।

तस्बिरः जनसम्पर्क तथा सूचना निर्देशनालय

प्रतिक्रिया दिनुहोस्