Flash News

राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुदैँ

२३ पुष २०८०, सोमबार ००:३४

काठमाडौं, २३ पुस । राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुदैँछ । निर्वाचन आयोगले यसअघि सार्बजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुन लागेको हो ।

कार्यालय समय अनुसार बिहान १० बजे देखी साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नु पर्ने निर्वाचन आयोगले जनाएको छ ।  फागुन २० गते रिक्त हुन गईरहेको २० जना राष्ट्रिय सभा सदस्यका लागि उक्त निर्वाचन हुन लागेको हो । सो दिन २० जना राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले १९ वटा पदका लागि सरकारले माघ ११ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ ।

जसमध्ये एक १ रिक्त पद भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्