काठमाडौं । नेकपा(एकिृत समाजवादी)ले आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि दुई उम्मेदवारको नाम टुंगो लगाएको छ । आइतबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले आफ्नो भागमा परेका दुई सिटका लागि उम्मेदवारको टुंगो लागाएको हो ।
पार्टीले बाग्मतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, कर्णालीको महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको उनले बताए ।
उम्मेदवारको टुंगो लगाउने जिम्मा सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको थियो । राष्ट्रिय सभा निर्वाचनका लागि आज(सोमबार) मनोनयन दर्ता र माघ ११ गते चुनाव हुँदैछ ।