राजनीनिती

राष्ट्रसभा उम्मेद्वार चयनबारे दुई कांग्रेस नेताको असहमति

२३ पुष २०८०, सोमबार ०९:४९

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता बल बहादुर केसी र अर्जुन नरसिंह केसीले राष्ट्रियसभाको उम्मेद्वार चयनबारे फरक मत राखेका छन् । सोमबार दिउँसो एक विज्ञाप्ति जारी गर्दै उनीहरुले उम्मेद्वार चयनमा देखिएको एकाधिपत्य र चरम एकपक्षीय कार्यशैली पार्टी र आम भावना विपरीत भएको भन्दै राष्ट्रियसभा उम्मेद्वार चयनको हालैको निर्णयमा असहमत भएको जनाएका हुन् ।
उनीहरुले राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेद्वार तय गर्नेवारे कांग्रेस केन्द्रीय कार्यसमितिले पौष १४ गते गरेको निर्णयले व्यवस्थालाई ठाडो उल्लंघन र पार्टीको संस्थागत निर्णयप्रति अविश्वसनीय खडा गरेको बताए ।

संसदीय बोर्डले विधानअनुसार पूर्णता पाउनु उम्मेद्वार छनोटको अनिवार्य वैधानिक सर्तभएतापनि त्यसमा पूर्णता नपाएको भन्दै यसबाट प्रक्रियागत गम्भीर त्रुटी र स्वेच्छाचारिता स्पष्ट देखिएको पनि उनीहरुको भनाई छ ।

यस्तै, समग्र मधेसी समुदायबाट प्रतिनिधित्व हुन पाएको छैन, विज्ञ, बौद्धिक, व्यावसायिक र पेशागत वर्गलाई पूर्ण रुपमा उपेक्षा गरिएको रसमावेशिताको सवैधानिक सिद्धान्तलाई उल्झन गरिएको पनि उनीहरुको भनाई छ । गठबन्धनबाट कांग्रेसको१० सिटभागमा परेको थियो । लामो रस्साकस्सीपछि पार्टी पदाधिकारीहरुले सानेपास्थित कार्यालयमा मध्यरातसम्म बसेर उम्मेदवारको टुंगो लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्