Flash News

संसदीय समितिमा प्रधानमन्त्री : ‘पञ्चेश्वरले चाँडै ब्रेक थु्र पाउँछ’

२५ पुष २०८०, बुधबार ०७:३०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहिदिन भित्रै पञ्चेश्वरले ब्रेक थु्र पाउने दाबी गरेका छन् । बुधबार संसद्को कानून समितिमा भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणका क्रममा गरिएको सम्झौताहरुबारे जानकारी दिँदै पञ्चेश्वर अब अन्तिम चरणमा रहेको बताए । त्यसक्रममा उनले केही दिन भित्र नै पञ्चेश्वरको ब्रेक थ्रु हुने बताएका हुन् ।

उनले भने,‘पञ्चेश्वर अव अन्तिम चरणमा छ । डिपीआर फाइनल गर्ने कुरा हामी सबैलाई थाहा छ । योदुवै देशको राष्ट्रिय हितमा छ । मेरो भारत भ्रमणको क्रममा जो वातावरण बन्यो त्यो कारणले पञ्चेश्वर अगाडि बढ्दैछ । मलाई विश्वास छ आउने केहीदिन भित्र पञ्चेश्वरको ब्रेक थ्रु हुन्छ ।’

उनले पञ्चेश्वरले ब्रेक थ्रुले नेपालको अर्थतन्त्रमा दिर्घकालिन सकारात्मक असर पार्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले मुर्रा कहिले आउँछ भन्दै उठाएको प्रश्नको उत्तर दिँदै भने,‘तपाइँहरुले सदनमा पनि ठट्टा गर्दै कुरा उठाउनु भएको थियो । मुर्रा चाहीं आइसकेको छ ।’

प्रतिक्रिया दिनुहोस्