Flash News

ओलीको मति अझै सप्रिएको छैन : अध्यक्ष नेपाल

२५ पुष २०८०, बुधबार १२:०६

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको मति अझै नसप्रिएकोे भन्दै आक्रोस पोखेका छन् ।

बुधबार पार्टी निकट विद्यार्थी विशेष कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनलेओलीले राष्ट्रिय सभाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल कहाँ गएर ६ सीट माग्दै एकीकृत समाजवादीलाई जिरो सीट दिनु भनेको भन्दै मति अझै नसुध्रिएको आरोप लगाएका हुन् ।

उनले भने, ‘केपी ओली अहिलेपनि राष्ट्रियसभाको चुनावको बेलामा प्रचण्डकहाँ गएर हामीलाई ६ सीट दिनुस्, कांग्रेसलाई ९ सीट दिनुस् तपाई ५ सीट लिनुस् भनेछन् । एकीकृत समाजवादीलाई जिरो सीट दिने रे । भनेपछि अझै पनि उनको मति सप्रिएको छैन। कम्युनिष्टहरु मिलुन् भन्ने चाहना राखेर मात्र हुँदैन,मति सप्रिनुपर्छ ।’

ओलीमा सबै नेतासँग परामर्श नगर्ने अहंकार रहेको,आलोचनालाई नसहने, सत्यता आत्मसात गर्न नसक्ने प्रवृत्ति रहेको आरोप उनले लगाए ।

प्रतिक्रिया दिनुहोस्