Flash News

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

२६ माघ २०७९, बिहीबार ११:१८

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

दुई नेताबीच सिंहदरबारमा भेट भएको हो। उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थामा विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

बिहीबार सत्ता गठबन्धनमा रहेका दलको शीर्ष नेताको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तय भएको थियो। तर, स्थगित भएको प्रचण्डको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्