काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो तीन बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार बैठकले पार्टीको आर्थिक तथा प्रशासनिक नियमावली पारित गर्नेछ ।
त्यस्तै,संगठनको अद्यावधिक,आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभिन्न विभागहरूको रिपोर्ट कार्डलगायतका बारेमा छलफल हुनेछ ।
बैठकलेसभापति रवि लामिछानले यसअघि गरेको नारायणगढ–बुटवल पदयात्राको समीक्षा गर्नेछ भने पार्टीका तर्फबाट अब गर्ने भनिएको २१ वटा आयोजनाहरूको पैदलयात्राको सम्बन्धमा समेत निर्णयउपसभापति अर्यालले बताए । त्यस्तै, बैठकमा विभागीय कार्यसञ्चालन नियमावली, केन्द्रीय अनुशासन आयोगले प्रस्ताव गरेको आचार संहिता, घरदैलो कार्यक्रमको रिपोर्टलगायतका विषयमा समेत छलफल हुने नेताहरूले जनाएका छन् ।