Flash News

देशका केही भू-भागमा हिमपात हुने

२७ माघ २०७९, शुक्रबार ०२:१४

काठमाडौँ। देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली भएको छ। तराईका केही भू-भागमा बिहानीपख हुस्सुरकुहिरो लागेको छ।

आज प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

शनिबार पनि प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आइतबार पहाडी भू-भागमा आंशिक बदली भए पनि हिमपात र वर्षाको सम्भावना भने न्यून रहेको महाशाखाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्