Flash News

सेना दिवसमा विशेष प्रदर्शनी हुँदै

७ माघ २०८०, आईतवार ११:३९

काठमाडौं । सेना दिवसका अवसरमा नेपाली सेनाले फोटो तथा युनिट विशेष प्रदर्शनी कार्यक्रम आयोजना गर्ने भएको छ । दिवसका अवसरमा विगतका वर्षहरूमा जस्तै आगामी मंगलबारदेखि ५ दिनसम्म जंगी अड्डास्थित सैनिक केन्द्रिय पुस्तकालय अगाडिको मैदानमा कार्यक्रम आयोजना गर्न लागिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रदर्शनीमा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरु झल्कने फोटो, हातहतियार र उपकरणहरूको प्रदर्शनी गरिने छ  साथै, सैनिक पोसाक, ब्याण्ड, हवाई सेवा, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयहरू लगायतको विविध गतिविधि र श्रव्यदृश्य सामग्रीहरुको प्रदर्शनी हुनेछ ।

नेपाली सेनाको ऐतिहासिक विकास क्रम एवं वर्तमानमा निर्वाह गरिरहेका गतिविधिहरूको झलक समेटिएको प्रदर्शनीमा सर्वसाधारणले अवलोकन गर्न पाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्