Flash News

प्रविधिमार्फत मात्र कृषि क्षेत्रको प्रगति सम्भव : मन्त्री भूषाल

१२ माघ २०८०, शुक्रबार ०८:५१

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भूषालले प्रविधिको विकासमार्फत मात्र कृषि क्षेत्रको प्रगति सम्भव भएको बताएका छन् ।
शुक्रबारदेखि काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको छैटौँ तीन दिने अन्तर्राष्ट्रिय स्तरको कृषि सम्बन्धी बृहत् प्रदर्शनीको उद्घाटन गदैैं उनले इतिहासदेखि नै कृषि क्षेत्रमा अटोमेटिक मेसिनहरुको प्रयोग हुँदे आइरहेको भन्दै प्रविधिको विकासमार्फत मात्र कृषि क्षेत्रको प्रगति सम्भव भएकोबताएका हुन् ।

उनले भने,‘आजसम्म आइपुग्दा अटोमेटिक मेसिनहरुसको प्रयोग हुँदै आएको छ । यो इतिहासलाई हेर्दा यहि नै देखिन्छ । प्रविधिको विकास मार्फत कृषि क्षेत्रमा प्रगति हुन्छ । त्यसकारण कृषिमा प्रविधि प्रयोग गर्ने यो प्रर्दशनी सफलता होस भन्ने कामना गर्दछु ।’ उनले प्रदर्शनीमार्फत उत्पादकत्व वृद्धि गर्ने र र लागत खर्च घटाउने काममा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको कृषियन्त्र तथा प्रविधिहरू प्रदर्शन गरिएको छ।कृषि यन्त्र, कृषि बीउ बिजन, डेरी, पोल्ट्री, खाद्यलगायत प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा एकसय बढी स्टल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्