Flash News

एकीकृत समाजवादीको दोस्रो केन्द्रीय परिषद् वैठक सम्पन्न

१५ माघ २०८०, सोमबार १३:१६

​

 काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को दोस्रो केन्द्रीय परिषद् वैठक सम्पन्न भएको छ।

वैठकले केन्द्रीय कमिटी र महाधिवशेन प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुने प्रावधान राखेको छ। समाजवादीको केन्द्रीय परिषदको दोस्रो बैठकले पारित गरेपछि आगामी महाधिवशेनमा केन्द्रीय नेतृत्व र महाधिवेशन प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुनु पर्नेछ। एकीकृत समाजवादीमा उमेर हद राख्नुपर्ने माग भए पनि विधानमा त्यस्तो प्रावधान नराखिने भएको छ।

उपाध्यक्ष बेदुराम भुसालकाअनुसार बैठकले १९९ जनाको केन्द्रीय कमिटी हुने व्यवस्था गर्ने निर्णय गरेको छ। त्यस्तै, पदाधिकारी १९, प्रदेश कमिटी ७५, जिल्ला कमिटी ५५, पालिका कमिटी ४५ र वडा कमिटी ३५ सदस्सीय हुने बताए।

सबै कमिटीहरुमा २० प्रतिशत ४० वर्ष मुनिका युवा रहने व्यवस्था गरिएको छ। एकीकृत समाजवादीको सांठनिक संरचना केन्द्रीय कमिटी, पोलिट ब्यूरो र स्थायी कमिटी रहने निर्णय भएको छ। यो प्रावधाधन संशोधित विधानमा राखिने छ।

आइतबारदेखि सुरु भएको परिषद् बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन समेत पारित  गरेको छ।

405008830_230892400077842_5914164386785562045_n-1706534238.jpg​

404981413_211195132080520_3207358130506956409_n-1706534330.jpg​

​

प्रतिक्रिया दिनुहोस्