Flash News

सुदूरपश्चिममा ३ सदस्यीय परिषद गठन

२७ माघ २०७९, शुक्रबार ११:०१

धनगढी। सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसहित ३ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ।

नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले तत्काल २ जना मन्त्रीसहित ३ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन्। तीनै जनाले आज पद तथा गोपनीयतको शपथ ग्रहण गरेका छन्। मन्त्रीहरुले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरेका हुन्।

नेपाली कांग्रेसबाट मन्त्री बनेका प्रकाश देउवालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ भने एकीकृत समाजवादीबाट मन्त्री बनेका नरेशकुमार शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको हो।

कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा समेत रहेका प्रकाश कैलाली क्षेत्र नं ५ (२) बाट निर्वाचित भएका हुन् भने शाही बाजुरा निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्