Flash News

संघीय सरकारबारे ओली जवाफ,‘हेर्दै जाऔं

२७ माघ २०७९, शुक्रबार ११:२७

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्र सरकार जोगिने नजोगिनेबारे हेर्दै जानुपर्ने बताएका छन्।

शुक्रबार संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले प्रदेश सरकार जोगाउन नसकेको अवस्थामा केन्द्र सरकार के हुन्छ? भनेर गरेको प्रश्नमा अध्यक्ष ओलीले भने,‘हेर्दै जाऔँ।’

बिहीबार मात्रै एमालेका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिममा विश्वासको मत नपाएपछि कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनेको छ। राष्ट्रपतिका बारेमा एमालेले जसलाई अघि सार्छ उही राष्ट्रपति बन्ने पनि ओलीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्