Flash News

देउवाले दिए विभिन्न आठओटा उपसमितिको संयोजकलाई जिम्मेवारी 

२१ माघ २०८०, आईतवार ०८:२२

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुनमा हुने महासमितिको बैठक तयारी गर्न मूल समितिका विभिन्न उपसमिति संयोजकहरू चयन गरेको छ । आगामी फागुन ७ गतेदेखि सुरु हुने कांग्रेस महासमिति बैठकको तयारी मूल समितिका संयोजक तथा पार्टी सभापति शेरबहादुर देउवाले ८ वटा उपसमितिको संयोजक चयन गरी आइतबार जिम्मेवारी दिएका छन् ।

जसअनुसार प्रचार प्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिमा उदय शमशेर राणा र यातायात व्यवस्थापन उपसमितिमा धना खतिवडा चयन भएका छन् । साथै स्वयंसेवक परिचालन उपसमितिमा जीतजंग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिमा उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिमा इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिमा जितेन्द्र श्रेष्ठ (जिल्ला सभापति, ललितपुर) चयन भएका छन् ।

महासमिति बैठक व्यवस्थित एवं प्रभावकारी बनाउन तोकिएको जिम्मेवारी संयोजकहरूले कुशलतापूर्वक निभाउने कुरामा सभापति देउवाले विश्वास व्यक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्