Flash News

उपयुक्त ढंगबाट विधेयक नदिने खतरा : एमाले सचेतक बर्तौला

२२ माघ २०८०, सोमबार १२:४४

काठमाडौं । एमालेका सचेतक तथा सांसद महेश बर्तौलाले सुरु भएको हिउँदे अधिवेशनमा सरकारले उपयुक्त ढंगबाट विधेयक नदिने खतरा रहेको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद बर्तौलाले सरकारका मन्त्रीहरु मन्त्रालयका काम र जनताका समस्या समाधानतर्फ भन्दा विदेश भ्रमणमा बढी सक्रिय आरोप लगाए ।

उनले भने, ‘आजदेखि संसदको हिउँदे अधिवेशन सुरु भएको छ । तर, वर्तमान सरकार उपयुक्त ढंगबाट विधेयक नदिने खतराहरु रहेका छन् । आज मात्रै हामीले सुन्यौं मन्त्रीहरु मन्त्रालयका काम र जनताका समस्या समाधानतर्फ भन्दा विदेश भ्रमणमा तल्लीन देखिन्छन् ।’

सांसद बर्तौलाले सरकार र मन्त्रीको हिजोको व्यवहार देख्दा संसद छल्न र अनदेखा गर्न सक्ने छाँटकाँट देखिएको भन्दै प्रमुख प्रतिपक्षीको भूमिकामा एमालेले निगरानी गरिरहने बताए । आगामी अधिवेशन कानुन निर्माणको अधिवेशन बनाउनेगरि लाग्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्