Flash News

हिउँदे अधिवेशन विधेयक ल्याउने अधिवेशन : प्रधानमन्त्री दाहाल

२२ माघ २०८०, सोमबार १३:४८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को हिउँदे अधिवेशन बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्नेमा केन्द्रित हुने विश्वास दिलाएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग यस्तो बताएका हुन् । अघिल्लो अधिवेशनमा सरकारले संसद्लाई पर्याप्त बिजनेस नदिएको आरोप लागेको थियो । यसपटक भने संसद्ले पर्याप्त बिजनेस पाउने जिकिर उनले गरे ।

प्रधानमन्त्री दाहालले राम्रो वातावरणमा हिउँदे अधिवेशन सुरु भएको भन्दै धेरैभन्दा धेरै विधेयक पारित गरेर कानुनहरू निर्माण गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘यो अधिवेशन विधेयक अधिवेशन हो ।

बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ । आज राम्रो वातावरणमा सुरु भएको छ, अब अगाडि बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्