Flash News

काठमाडौँको पशुपतिनाथ परिसरमा रङ्गरोगनको काम सुरू

२८ माघ २०७९, शनिबार ०२:२७

काठमाडौँ। महाशिवरात्रि नजिकिएसँगै काठमाडौँको पशुपतिनाथ परिसरमा रङ्गरोगनको काम सुरु भएको छ।

कोरोना सङ्क्रमणको त्रास कम भएकोले यस वर्ष पशुपति क्षेत्रमा महाशिवरात्रिको अवसरमा दर्शनार्थी बढ्ने अनुमान पशुपति विकास कोषले गरेको छ।
महाशिवरात्रि व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ। यसपालिको महाशिवरात्रि ६ फागुनमा परेको छ।

प्रतिक्रिया दिनुहोस्