Flash News

वन्यजन्तु बढेपछि किसान हैरान

२८ माघ २०७९, शनिबार ०४:३७

कालिकोट। कालिकोटमा एक सुत्केरीको हेलिकप्टरमार्फत आकस्मिक उद्धार गरिएको छ। तिलागुफा नगरपालिका–७ की ३४ वर्षीय दन्दा विष्ट रावतलाई अत्यधिक रक्तस्राव भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार रावतलाई थप उपचारका लागि हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ।

विष्टको बच्चाभन्दा पाठेघरको मुखमा पहिला साल आएर बसेको र अत्यधिक रक्तस्राव भएपछि जिल्लामा उपचार सम्भव नभएकाले सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालय कालीकोट डा रत्नवीर सुनारले जानकारी दिए। बिस्टलाई तत्काल अप्रेसनपछि बच्चालाई आइसियुमा राख्नुपर्ने भएकाले प्रदेश अस्पताल पठाइएको हो।

प्रतिक्रिया दिनुहोस्