Flash News

एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन आज

२७ माघ २०८०, शनिबार ०४:३७

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेश सम्पर्क कमिटिको दोस्रो अधिवेशन आजबाट काठमाडौंमा शुरु हुने भएको छ ।कर्णाली प्रदेशका दशवटै जिल्लाबाट अध्ययन, व्यापार, व्यावसाय, र अन्य कामको सिलसिलामा  काठमाडौंमा आएका एमालेका सदस्यहरु आवद्ध रहेको संगठनको दोस्रो अधिवेशन अहिले बिहान काठमाडौं सामाखुशी स्थित स्काई पार्टी प्यालेसमा हुने भएको छ ।  आयोजना हुन लागेको अधिवेशनको पार्टीका उप–महासचिव प्रदिप कुमार ज्ञावलीले उद्घाटन गर्नुहुने एमाले कर्णाली प्रदेश सम्पर्क कमिटिका सचिव भक्त रावतले जानकारी दिनुभयो ।

बिहान उद्घाटन हुने अधिवेशनमा पार्टीका उप–महासचिव ज्ञावली कमरेडको विशेष संवोधन रहेको छ’, कमिटि सचिव रावतले भन्नुभयो ‘कार्यक्रममा सम्पर्क समन्वय ईन्चार्ज तथा स्थायी कमिटि सदस्य लालवावु पण्डीत, कर्णाली प्रदेश सम्पर्क कमिटिका इन्चार्ज कल्पना थापा, कर्णालीबाट प्रतिनिधित्व गर्ने पार्टीका पोटिलव्यूरो सदस्य, केन्द्रीय सदस्यले संवोधन गर्ने कार्यक्रम छ ।’

उहाँका अनुसार अधिवेशनको उद्घाटन शत्र सकिने बित्तिकै कार्यक्रम स्थलमा बन्दशत्रको आयोजना हुनेछ । कमिटिको राजनीति तथा सांगठानिक प्रतिवेदन, नयाँ नेतृत्व चयन लगायतका विषयको टुंगो लागेपछि अधिवेशन सम्पन्ना हुनेछ।

कर्णाली प्रदेशका १० वटै जिल्लाका ६०८ जना पार्टी सदस्यहरुको प्रतिनिधित्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस्