राजनीनिती

प्रतिनिधिसभाको बैठक आज बस्दै

२९ माघ २०७९, आईतवार ०३:०८

काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज बस्दै छ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो ३ बजे बैठक सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा। भरतराज गौतमले जानकारी दिए ।

यस्तै, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०७९-८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिनेछन् भने सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनुहोस्