Flash News

एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा रावत

१ फाल्गुन २०८०, मंगलवार ०८:५५

दोस्रो अधिवेशनबाट कमिटिको उपाध्यक्षमा जाजरकोटकी पुजा वस्नेत, सचिवमा सुर्खेतका लोकेन्द्र रोकाया, उपसचिवमा हुम्लाका विरजन महतारा र सल्यानका टेकेन्द्र ओली निर्विरोध निर्वाचित भएको कर्णाली प्रदेश सम्पर्क कमिटीका नब निर्बाचित अध्यक्ष रावतले जानकारी दिए ।

शनिबार काठमाडौंको सामाखुशी स्थित स्काई पार्टी प्यालेसमा पार्टी उपमहासचिव प्रदिप कुमार ज्ञावलीले उद्घाटन गर्नु भएको, अधिवेशन उद्घाटन शत्रमा पार्टी स्थायी कमिटी सदस्य तथा सम्पर्क बिशेष समन्वय कमिटी ईन्चार्ज लालवावु पण्डीत, पोलिटब्युरो सदस्य मोहन बानीया, भैरवसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य निरज आचार्य, दल रावल, नगेन्द्र शाही (नेशनल), छक्कबहादुर लामा लगायतका नेताहरुले संवोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्