राजनीनिती

सुदूरपश्चिम सरकार ढलेर एमालेलाई ठूलो धक्का परेको छ: माधव नेपाल

२९ माघ २०७९, आईतवार ०३:२३

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सुदूरपश्चिम सरकार ढलेर एमालेलाई ठूलो धक्का परेको बताएका छन्।

शनिबार काठमाडौँमा एक कार्यक्रमा बोल्दै अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेश सरकार ढलेर एमालेलाई ठूलो धक्का परेको बताएका हुन्। सुदूरपश्चिम प्रदेश सरकारमा अहिले एकीकृत समाजवादी र नेपाली कांग्रेस मात्रै रहेको बताए।

सुदूरपश्चिम सरकार गठन भएर एमालेलाई ठूलो धक्का परेको छ। त्यो पहिलो सुरूआतजस्तो देखिन्छ, नेपालले भने, हौसला बुलन्द गर्नुहोस्। यस्तै, उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादीको केही पनि अर्थ नरहेको, कहाँबाट उदायो र कहाँ देखापर्‍यो भन्दै आलोचना गरेको भएता पनि अहिले समाजवादी सुदूरपश्चिम सरकारमा आइसकेको बताएका छन्।

यस्तै, उनले निर्वाचनको परिणाम सोचेजस्तो नआएता पनि ५० प्रतिशत उम्मेदवार जिताउन सफल भएको बताए।

नेपालले अरू पार्टीले कम उम्मेदवार उठाउँदा पनि कम सिट हासिल गरेको र आफूहरूले कम उमेदवार उठाउँदा पनि ५० प्रतिशतभन्दा बढी उम्मेदवारलाई जिताएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्