राजनीनिती

विवेकशील साझाको अध्यक्षमा समीक्षा र महासचिवमा रञ्जु

२९ माघ २०७९, आईतवार ०६:५७

काठमाडौँ। विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा सर्वसम्मत चयन भएकी छन्।

काठमाडौँमा शनिबार सम्पन्न प्रथम महाधिवेशनबाट बास्कोटा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएको केन्द्रीय निर्वाचन समिति संयोजक केशव दाहालले जानकारी दिए।

यस्तै उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी चयन हुँदा महासचिव रञ्जु दर्शना सर्वसम्मत भएकी छन्। दाहालका अनुसार सचिवमा पवित्रा थापा, विमला तामाङ र समुद्र केसी चयन हुँदा कोषाध्यक्ष दामोदर नेपाल निर्वाचित भएका छन्। महाधिवेशन हलबाट सबै पदाधिकारी सर्वसम्मत चयन भएको घोषणा गरियो।

केन्द्रीय सदस्यमा भने आकांक्षी धेरै भएपछि निर्वाचनबाट चयन गरिने भएको छ। त्यसका लागि केहीबेरमै निर्वाचन प्रक्रिया सुरु हुने दाहालले बताए। विवेकशील साझाको केन्द्रीय समिति ६१ सदस्यीय हुनेछ।

प्रतिक्रिया दिनुहोस्