Flash News

सम्पदा अवलोकन गर्न चेओरवन मेयर ललितपुरमा

१६ फाल्गुन २०८०, बुधबार ०३:५१

ललितपुर । कोरियाको चेओरवान सहरका मेयर ली ह्युन जोङसहितको प्रतिनिधिमण्डल ललितपुर आइपुगेको छ । ललितपुर महानगरपालिकाको निमन्त्रणमा यहाँका असल अभ्यास र कार्यहरूको अवलोकन गर्न कोरियन मेयर जाङसहितको टोली ललितपुर आएको हो ।

यहाँको भ्रमणपछि चेओरवनका मेयर जोङले ललितपुर महानगरको कला तथा संस्कृति र सम्पदाबाट आफू प्रभावित भएको बताएका छन् । ‘यो सुन्दर सहरमा निम्ता गरी काष्ठका साथै धातु र ढुंगामा चित्र खोपेर व्यक्त गरिने कला बारेमा आफूले ज्ञान प्राप्त गर्न पाएको धेरै भाग्यमानी ठानेको छु,’ उनले भने, ‘यहाँबाट हामीले धेरै कुरा सिकेर जाँदैछौँ ।’

उनको यो भ्रमणपछि ललितपुर र चेओरवनका बीचमा भगिनी सम्बन्ध कायम गर्ने प्रस्तावसमेत अघि बढेको छ । ललितपुरका मेयर चिरिबाबु महर्जनले कोरियाको चेओरवन र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्न प्रयास भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्