Flash News

एमाले सल्यान-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा घर्ती

२८ फाल्गुन २०८०, सोमबार ०३:१९
काठमाडौं । नेकपा (एमाले) सल्यान-काठमाडौं सम्पर्क मञ्चको १०औ जिल्ला सम्मेलन नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष तथा पुर्व मन्त्री युवराज ज्ञवालीको प्रमुख आतिथ्यतामा र कर्णाली प्रदेश सम्पर्क कमिटी इन्चार्ज कल्पना थापाको बिशेष आतिथ्यतामा सम्पन्न भएको छ ।
सल्यानबाट बिभिन्न पेशा ब्यवसायमा काठमाडौं बासोबास गर्ने सल्यान बासीको ब्यापक उपस्थितीमा कार्यक्रम सम्पन्ना भएको थियो ।
सम्मेलनको बन्द सत्रले अध्यक्षमा धन सिंह घर्ती, उपाध्यक्षमा प्रकाश रावत, महिला उपाध्यक्षमा गिता बुधाथोकी, सचिवमा ध्रुव राज धिताल, उप सचिवमा लिला बहादुर कवर, कोषाध्यक्षमा बम बहादुर बिश्वकर्मा लगायत २१ सदसिय सल्यान-काठमाडौं सम्पर्क मञ्च सर्बसम्मत रुपमा निर्बाचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्