Flash News

एमाले हुम्ला-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा रावत

२८ फाल्गुन २०८०, सोमबार ०३:४२
काठमाडौं । नेकपा (एमाले) हुम्ला-काठमाडौं सम्पर्क मञ्चको १२ औ जिल्ला सम्मेलन नेकपा (एमाले)का केन्द्रीय सचिव तथा पुर्व मन्त्री छविलाल बिश्वकर्माको प्रमुख आतिथ्यतामा र कर्णाली प्रदेश सम्पर्क कमिटी इन्चार्ज कल्पना थापाको बिशेष आतिथ्यतामा, सम्पर्क समन्वय कमिटीका सदस्य धुर्ब श्रेष्ठ, कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त रावत, कर्णाली प्रदेश सम्पर्क कमिटीका उप सचिव बिरजन महतारा लगायत अन्य अतिथीहरु र  हुम्लाबाट बिभिन्न पेशा ब्यवसायमा काठमाडौं बासोबास गर्ने हुम्ली बासीको ब्यापक उपस्थितीमा कार्यक्रम सम्पन्ना भएको थियो ।
सम्मेलनको बन्द सत्रले अध्यक्षमा भरत रावत, उपाध्यक्षमा पदम लामा, महिला उपाध्यक्षमा तारा जैसी, सचिवमा सुविस्त भण्डारी, उप सचिवमा बिष्णु रावल, कोषाध्यक्षमा हस्त धामि लगायत २१ सदसिय हुम्ला-काठमाडौं सम्पर्क मञ्च सर्बसम्मत रुपमा निर्बाचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्