Flash News

एमाले दैलेख-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा शाही

४ चैत्र २०८०, आईतवार ०४:४२
काठमाडौं । नेकपा (एमाले) दैलेख-काठमाडौं सम्पर्क मञ्चको १२ औ जिल्ला सम्मेलन नेकपा (एमाले)का केन्द्रीय उप महासचिव तथा गण्डकी प्रदेशका पुर्ब मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा र केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सम्पर्क कमिटी इन्चार्ज कल्पना थापाको विशेष आतिथ्यतामा सम्पन्न भएको छ ।
उक्त सम्मेलन उदघाटन सत्रमा अतिथीहरुमा नेकपा (एमाले)  सप्पर्क समन्वय कमिटीका नेताहरु श्यामकुमार बस्नेत, कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त रावत लगायतको आतिथ्यमा र दैलेखबाट बिभिन्न पेशा ब्यवसायमा काठमाडौं बासोबास गर्ने दैलेख बासीको ब्यापक उपस्थितीमा कार्यक्रम सम्पन्ना भएको थियो ।
सम्मेलनको बन्द सत्रले अध्यक्षमा कटक शाही, उपाध्यक्षहरुमा जगत शर्मा, तृप्ती अधिकारी, सचिवमा नारायण प्रसाद खनाल, उप सचिवमा नवीन नेपाली, मन्जु शाह, कोषाध्यक्षमा अनुराग रिजाल लगायत २५ सदसिय दैलेख-काठमाडौं सम्पर्क मञ्च सर्बसम्मत रुपमा निर्बाचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्