Flash News

एमाले कालिकोट-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा शाही

७ चैत्र २०८०, बुधबार ०७:५१
काठमाडौं । नेकपा (एमाले) कालिकोट-काठमाडौं सम्पर्क मञ्चको १२ औ जिल्ला सम्मेलन नेकपा (एमाले)का केन्द्रीय उप महासचिव तथा गण्डकी प्रदेशका पुर्ब मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा र केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सम्पर्क कमिटी इन्चार्ज कल्पना थापाको विशेष आतिथ्यतामा सम्पन्न भएको छ ।
उक्त सम्मेलन उदघाटन सत्रमा अतिथीहरुमा नेकपा (एमाले) केन्द्रिय कमिटी सदस्य नेशनल शाही, सप्पर्क समन्वय कमिटीका अध्यक्ष श्यामकुमार बस्नेत, सम्पर्क समन्वय कमिटीका सचिावालय सदस्य सत्यादेवी खडका, सम्पर्क समन्वय कमिटीका सदस्य चित्र हमाल, सप्पर्क समन्वय कमिटीका सदस्य तथा कालिकोट-काठमाडौं सम्पर्क मञ्चका ईन्चार्ज लक्ष्मी न्यौपाने, कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त रावत, कर्णाली प्रदेश सम्पर्क कमिटीका उप सचिवहरु तेजेन्द्र वली र बिरजन महतारा, अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य यशोदा बराल लगायतको आतिथ्यमा र कालिकोटबाट बिभिन्न पेशा ब्यवसायमा काठमाडौं बासोबास गर्ने कालिकोट बासीको ब्यापक उपस्थितीमा कार्यक्रम सम्पन्ना भएको थियो ।
सम्मेलनको बन्द सत्रले अध्यक्षमा राजकुमार शाही, उपाध्यक्षहरुमा राम प्रसाद न्यौपाने, धेइका शाही, सचिवमा जन्मराज उपाध्याय, उप सचिवमा गोपाल शाही, अम्बिका बराल, कोषाध्यक्षमा दलबिर महतारा लगायत २१ सदसिय कालिकोट-काठमाडौं सम्पर्क मञ्च सर्बसम्मत रुपमा निर्बाचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्