Flash News

यसरी मनाइयो २८औं जनयुद्ध दिवस (फोटोफिचर)

१ फाल्गुन २०७९, सोमबार ०४:४८

काठमाडौँ। नेकपा माओवादी केन्द्रले आइतबार २८ औँ जनयुद्ध दिवस मनाएको छ।

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत पार्टी पदाधिकारी तथा नेता कार्यकर्तालगायतको सहभागिता रहेको थियो। सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शहीदको तस्बिरमा फूलमाला अर्पण गर्दै सम्मान प्रकट गरेका थिए।

२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनयुद्धको घोषणा गरेको थियो। २०५२ साल फागुन १ गते रोल्पा, रुकुम र सिन्धुलीका प्रहरीचौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरेको हो। उक्त युद्ध १० वर्षपछि विस्तृत शान्ति सम्झौतामार्फत टुंगिएको थियो।

२०६३ साल मंसिरमा शान्ति सम्झौतामा हस्ताक्षर गरेर माओवादी शान्ति प्रक्रियामा आएको थियो। हेर्नुहोस् कार्यक्रमका तस्बिरहरु: (तस्बिरहरु कृष्ण खड्का/प्रदीपराज वन्त )

प्रतिक्रिया दिनुहोस्