Flash News

कालिकोट-काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा राजकुमार शाही चयन

८ चैत्र २०८०, बिहीबार १५:५२

काठमाडौँ । नेकपा (एमाले) कालिकोट-काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा राजकुमार शाही चयन भएका छन्।

चैत ३ गते सम्पन्न  भेलाले शाहीको नेतृत्वमा २१ सदस्सीय सम्पर्क मञ्च गठन गरेको हो। मञ्चको उपाध्यक्षमा रामप्रसाद न्यौपाने र धेइका शादीलाई चयन गरिएको छ। त्यस्तै सचिवमा जन्मराज उपाध्याय, उपसचिवमा गोपाल शाही, अम्बिका बराल र कोषाध्यक्षमा दलविर महतारा चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा वीरेन्द्र कार्की, पवन सेजुवाल, महेन्द्र शाही, मिलन शाही, तोयानाथ सन्ज्याल, धिरेन्द्र बुढा, मिसन शाही, प्रवेश शाही, कलेन्द्र कठायत, रोहित उपाध्याय, वीरेन्द्र बुढा, महेन्द्र विष्ट, विनोद बराल र नविन पोखरेल रहनु भएको छ।

एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नगिन्द्र शाही, कल्पना थापा, कर्णाली-काठमाडौँ सम्पर्क कमिटी अध्यक्ष भक्त रावत, केन्द्रीय निर्वाचन आयोग सदस्य काशीचन्द्र बराल, किसान आयोग सदस्य तथा किसान महासंघका केन्द्रीय सचिव टेक बहादुर बोगटी, अनेमसंघकी केन्द्रीय सचिवालय सदस्य यशुदा कुमारी बराल, युवा नेता प्रविण लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्