Flash News

अध्यक्ष ओलीले पार्टीका विभागीय प्रमुखहरुसँग छलफल गर्ने

९ चैत्र २०८०, शुक्रबार १०:५७

काठमाडौँ। नेकपा एमालेले पार्टीका विभागीय प्रमुखहरुको बैठक बोलाएको छ।

आइतबार बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा विभागीय प्रमुखहरुको बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।गौतमका अनुसार, बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभागीय प्रमुखहरुसँग छलफल गर्नेछन्।

विभागले गरिरहेको कामको रिपोर्टिङ, पार्टीलाई विभागका तर्फबाट दिइने सुझाव र नयाँ योजना निर्माणबारे बैठकमा छलफल हुने उनले बताए।

‘पार्टीमा देखिएको समस्या र समाधानबारे पार्टी अध्यक्षले विभागीय प्रमुखहरुसँग गर्न बैठक बोलाइएको हो’, गौतमले भने। एमालेले ३३ वटा विभागीय अभ्यासको प्रयोग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्