Flash News

एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा

१२ चैत्र २०८०, सोमबार ०२:४४

सुर्खेत। नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन्। आइतबार मध्यराति सम्पन्न मतगणना अनुसार निवर्तमान अध्यक्ष अमृत कुमार बिसीलाई २१९ मतान्तरले पराजित गरे।

खसेको कुल ४९५ मतमध्ये देवकोटाले ३५१ मत पाए भने बिसीले १३२ मत पाए। देवकोटा यसअघि जिल्ला उपाध्यक्ष समेत थिए। पदाधिकारीमा पनि देवकोटाको प्यानलै विजयी भएका छ। यहाँ यामलाल कँडेल र गोरख बोगटी नवराज रावत समूहले प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका थिए।

गृह जिल्ला भएकाले यहाँ कँडेलको दबदबा छ। पदाधिकारीमा पुनःकँडेलकै टिमको वर्चश्व कायम भएको छ। उपाध्यक्षमा कँडेल समूहकै मोहनसिं बडुवाल निर्वाचित भएका छन्। उनले ३४६ पाए।

सचिवमा डम्बर तिवारी, उप(सचिव खुलामा टिकाराम सोमै र महिलामा सुशीला विश्वकर्मा निर्वाचित भएका छन्। सदस्यहरूको मतगणना भने जारी छ। यहाँ सर्वसम्मत गर्ने प्रयास गरिए पनि सहमति नभएपछि चुनाव नै भएको थियो। बिहीबारबाट जारी नवौँ अधिवेशन सोमबार सम्पन्न हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्