Flash News

बझाङमा हुनेछ कांग्रेस र एमालेबीच रोचक भिडन्त

१६ चैत्र २०८०, शुक्रबार ०२:३७

काठमाडौँ। आगामी वैशाख १५ मा हुने बझाङ प्रदेश सभा–१ को उपनिर्वाचनमा मुख्य भिडन्त प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबिच हुने देखिन्छ ।

सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी मुख्य प्रतिस्पर्धी हु न् । २०५६ को आम निर्वाचनसम्म कांग्रेसको दबदबा रहेको बझाङमा त्यसपछि एमालेले प्रभाव विस्तार गरेको देखिन्छ ।

बझाङमा कांग्रेस र एमाले स्थायी प्रतिद्वन्द्वी हुन् । २०१५ को आम निर्वाचनमा बझाङको निर्वाचन क्षेत्रबाट कांग्रेस विजयी भएको थियो । २०४८ को आम निर्वाचनमा पनि बझाङका तत्कालीन २ वटा निर्वाचन क्षेत्रमा कांग्रेस विजयी भएको थियो । २०५१ को मध्यावधि निर्वाचनमा बझाङ–१ मा एमालेका भानुभक्त जोशी र २ मा स्वतन्त्र उम्मेदवार नरेशबहादुर सिंह निर्वाचित भएका थिए । सिंह अहिले कांग्रेसमा छन् ।

२०५६ को आम निर्वाचनमा बझाङका २ क्षेत्रमा कांग्रेसले पुनरागमन गरेको थियो । २०६४ मा बझाङ– १ मा एमाले र २ मा माओवादी केन्द्र विजयी भएको थियो ।

२०७० को निर्वाचनमा बझाङका २ वटै क्षेत्रमा एमाले निर्वाचित भएको थियो । २०७२ मा संविधान निर्माण भएपछि राज्य पुनर्संरचना हुँदा बझाङमा एउटामात्र निर्वाचन क्षेत्र तोकियो । मुलक सङ्घीय संरचनामा जाँदा बझाङमा २ वटा प्रदेश सभा तोकिए । त्यसपछि ७४ मा भएको निर्वाचनमा प्रतिनिधिसभामा एमाले निर्वाचित भयो भने प्रदेश सभा–१ मा एमाले र २ मा माओवादी केन्द्रले बाजी मारेका थिए ।

एमाले–माओवादीको तत्कालीन वाम गठबन्धनविरुद्ध चुनावी मैदानमा उभिएका कांग्रेसले बझाङका प्रतिनिधि र प्रदेशसभा गरी ३ वटै सिटमा हार बेहो¥यो । २०७९ मा आउँदा एमालेले कांग्रेस, मााओवादीका साथै आफूबाट छुट्टिएको एकीकृत समाजवादी सम्मिलित गठबन्धनको सामना गर्नुप¥यो ।

प्रतिक्रिया दिनुहोस्