Flash News

एमाले डोल्पा-काठमाडौं सम्पर्क मञ्चको क्यालेण्डर प्रकाशन

१७ चैत्र २०८०, शनिबार १५:५७

काठमाडौं । नेकपा (एमाले) डोल्पा काठमाडौं सम्पर्क मञ्चको प्रकशित क्यालेण्डर २०८१ एक कार्यक्रमका बिच आज बिमोचन भएको छ ।

कर्यक्रमका प्रमुख अतिथी नेकपा (एमाले)का स्थायी कमिटी सदस्य गोरख ब. बोगटीले नेकपा (एमाले) डोल्पा-काडमार्डां सम्पर्क मञ्चद्वारा आयोजित नया बर्षको शुभकामना आदान प्रदान तथा क्यालेण्डर बिमोचन कार्यक्रममा क्यालेण्डर बिमोचन गर्दै सार्बजनिक गर्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता सम्पर्क मञ्चका अध्यक्ष पाण्डब महताराले गरेका थिय भने कार्यक्रममा प्रमुख अतिथी गोरख ब. बोगटी, अतिथीहरु सम्पर्क समन्वय कमिटीका सचिवालय सदस्य तथा डाेल्पा-काठमाडौं सम्पर्क मञ्चका इन्चार्ज बिष्णु  सिग्देल, कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त रावत, अनेरास्ववियु स्थायी कमिटी सदस्री धर्मसिला रोकायाले आफ्नो मन्तब्य राखेका थिए ।

कार्यक्रमका अन्य अतिथीहरुमा बिरजन महतारा, तेजेन्द्र वली, देविलाल रावल लगायत डोल्पाबाट काठमाडौं आई बिभिन्न पेशा ब्यबसायमा संलग्ना डोल्पा बासीको ब्यापक उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्