Flash News

अध्यक्ष नेपाल र मुख्यमन्त्री शाहबीच भेटवार्ता

१ फाल्गुन २०७९, सोमबार ०७:४१

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले भेटवार्ता गरेका छन्।

मुख्यमन्त्री शाहले सोमबार अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन्। भेटघाटमा अध्यक्ष नेपाल र मुख्यमन्त्री शाहबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । भेटमा नेपालले मुख्यमन्त्री शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्