Flash News

कालिकोट एमाले: तुलराज मल्लको प्यानल विजयी

२५ चैत्र २०८०, आईतवार ०१:५४

काठमाडौँ। नेकपा (एमाले) कालिकोटको जिल्ला अधिवेशन सम्पन्न भएको छ।

शनिबार सम्पन्न अधिवेशनबाट तुलराज मल्लको टिम विजयी भएको छ। अध्यक्षका प्रत्यासी दयाराम सिमखाडाले १८२ मत प्राप्त गरेर उपविजेता बनेका छन्।

मल्लले २१८ मत ल्याउदा उनको प्यानलकातर्फबाट उपाध्यक्षमा विजयी टेक बहादुर बुढाले २१० मत पाए। बुढाका निकतम प्रतिपष्र्धी कमल कुमार शाहीले १७२ मत पाए।

त्यस्तै सचिवमा पुष्पराज आचार्य विजयी भएका छन् । उनले २१२ मत पाए भने आचार्यका प्रतिष्पर्धी खडानन्द चौलागाईंले जम्मा १५८ मत प्राप्त गरेका छन्।

उपसचिवमा पुरुषतर्फ पवित्र शाही विजयी भएका छन्। उनले १७४ मत पाए भनेका उनका प्रतिष्पर्धी लंक बहादुर बमले ९७ मत, प्रेम बुढाले ९२ मत पाएका छन्। त्यस्तै महिला उपसचिवमा तारा शाही विजयी भएकी छन्। उनले २१२ मत पाएकी छन्। शाहीको प्रतिष्पर्धी शुभद्रा सिंहले १६१ मत पाएकी छन्।

प्रतिक्रिया दिनुहोस्