Flash News

आन्दोलनपछि बालाजुका डीएसपी विष्ट रानीपोखरी तानिए

२ फाल्गुन २०७९, मंगलवार ०७:०१

काठमाडौँ। प्रहरी वृत्त बालाजुका डीएसपी रविन विष्टलाई जिम्मेवारीबाट हटाइएको छ।

डिएसपी विष्टलाई तत्कालका लागि उपत्यका प्रहरी कार्यालयमा फिर्ता बोलाएको उपत्यका प्रहरी कार्यालयका एआईजी दिवेश लोहनीले बताए।

प्रहरी वृत्त बालाजुमा डीएसपी मनोजित कुँवरलाई पठाइएको छ। सोमबार माछापोखरी क्षेत्रमा यातायात मजदुरहरूले प्रहरी वृत्त बालाजुको स्वामित्वमा रहेको दुईवटा गाडी जलाएका थिए।

प्रदर्शनमा भएको झडपमा डीएसपी विष्ट चढ्ने बा २ झ १४४ नम्बरको स्कोर्पियो ‘पिकअप’ यातायात मजदुरले जलाएका थिए। प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको माज्दा गाडी पनि आन्दोलनकारीले जलाएका छन्। डिएसपी बिस्टमाथि प्रहरीको गाडी जल्दा पनि स्थिति नियन्त्रणमा लिन नसकेको आरोप छ।

प्रतिक्रिया दिनुहोस्