Flash News

देशलाई प्रतिगामी दिशामा जान दिँदैनौँ: अध्यक्ष नेपाल

३ फाल्गुन २०७९, बुधबार ०५:०१

पोखरा। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति चयन गर्दा देशलाई प्रतिगामी दिशामा जान नदिने बताएका छन्।

नेपालले राष्ट्रपतिको चुनावलाई लिएर वर्तमान सत्ता गठबन्धनमा खटपट समेत सुरु भएको बताए। पोखरामा समाजवादी प्रेस सङ्गठनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले राष्ट्रपतिमा सबैले स्विकार्ने व्यक्तिलाई आफ्नो पार्टीले पनि सघाउने सङ्केत गरे। ‘देशलाई प्रतिगामी दिशामा दिँदैनौँ, राष्ट्रपतिमा सबैले स्विकार्ने व्यक्तिको खोजी हुन्छ। हाम्रो पार्टीले उम्मेदवारी दिनेछैन,’ नेपालले भने।

नेपालले देश प्रतिगमनको दिशातर्फको यात्रामा लागेको पनि सङ्केत गरे। ‘सत्ता गठबन्धनको किचलो सुरु भइसकेको छ। हामी सबैले सङ्केत पाइसकेका छौँ। अब हामी सतर्क बन्नुपर्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्