Flash News

इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (क) मा मतदान जारी

१५ बैशाख २०८१, शनिबार ०४:३७

काठमाडौँ।  इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (क) मा मतदान जारी छ।

दुई निर्वाचन क्षेत्रमा उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन्। खासगरी बझाङमा निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए।

प्रदेशसभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जानकारी आफूलाई प्राप्त भएको उनले जानकारी दिए।

शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ। यो चुनावमा ६१ हजार सात सय ४८ मतदाताले भोट हाल्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्