Flash News

इलाम र बझाङमा एमालेको अग्रता कायम

१६ बैशाख २०८१, आईतवार १३:५२

काठमाडौं। इलाम–२ को उपचुनावको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन्।

फाकफोकथुम गाउँपालिकाको ४ वटा वडाको मतगणना हुँदा नेम्वाङले दुई हजार ५४२ मत पाएका छन्। वडा नं ३ को मतगणना हुँदासम्म पहिलो स्थानमा रहेका कांग्रेस उम्मेदवार डम्बर खड्का ३४५ मतले पछाडि परेका छन्। उनले दुई हजार १९७ मत पाएका छन्।

त्यस्तै बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निरन्तर अगाडि छन्। ५७१९ सदर मतमध्ये भण्डारीले २०८८ मत प्राप्त गरेका छन्। दोस्रो नम्बरमा रहेका नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले १३७२ मत पाएका छन्।

तेस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १२९१ मत पाएका छन्। एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ८६४ र राप्रपाका उम्मेदवार किशोरकुमार खड्काले ५० मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्