Flash News

जोमसोमबाट पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्यो

३ फाल्गुन २०७९, बुधबार ०७:३५

काठमाडौँ। मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका(३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन्।

मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट बस कालीगण्डकीमा खसेको हो। ना ७ ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिए। बस करिब ४५ मिटर तल खसेको हो।

बस सीधै पानीमा खसेको र प्रहरी कार्यालय पनि नजिकै रहेकाले छिटो उद्धारसमेत हुँदा ठूलो क्षति हुन नपाएको पौडेलको भनाइ छ। गम्भीर घाइते २ जनासहित १४ जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत पोखरा पठाइसकिएको छ भने बाँकी तीन जना सामान्य घाइतेको थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको पोडेलले जानकारी दिए। दुर्घटनामा पर्नेहरु घुम्न गएका पर्यटक र स्थानीयहरू समेत छन्।

साभारः अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्