Flash News

प्रहरीको गाडी आगजनी गरेको आरोपमा ६ जना पक्राउ

३ फाल्गुन २०७९, बुधबार १६:१६

काठमाडौँ। प्रहरीले काठमाडौं महानगरपालिका(१६ माछापोखरी चोकमा प्रहरी गाडी, प्रहरी विट तथा ट्राफिक आइल्याण्ड तोडफोड गरी आगजनी गरेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उदयपुर बलमता गाउँपालिका २ घर भई काठमाडौं तार्केश्वर नगरपालिका १० मनमैजु बस्ने ४० वर्षीय बिक्रम राई, नुवाकोट पञ्चकन्या गाउँपालिका ३ घर भई काठमाडौं टोखा नगरपालिका ३ बानियाँटार बस्ने ३० वर्षीय रामहरि भण्डारी र लमजुङ वेशीशहर नगरपालिका ५ घर भई काठमाडौं तार्केश्वर नगरपालिका १० बस्ने २३ वर्षीय विवेक श्रेष्ठ रहेका छन्।

यस्तै काभ्रेपलाञ्चोक मानेडाँडा गाउँपालिका घर भई काठमाडौं महानरगपालिका १६ बस्ने ३१ वर्षीय राजेश तामाङ, प्युठान कडी गाउँपालिका १ घर भई काठमाडौं गोंगवु बस्ने १८ वर्षीय किशोर र काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका(२ घर भई काठमाडौं महानगरपालिका १६ गंगाहल बस्ने २० वर्षीय आशिष खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

प्रदर्शनकारीहरुले प्रहरी वृत्त बालाजुको बा।२ झ १४४ र बा.१ झ ७२२४ नम्बरको गाडीमा आगजनी, माछापोखरीस्थित प्रहरी विटमा ढुङ्गामुढा तथा आगजनी र सोही ठाउँमा रहेको ट्राफिक आईल्याण्डमा समेत तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप गरी घटनामा संलग्न अन्य व्यक्तिहरूलाई नियन्त्रणमा लिई सोधपुछ तथा छानबिन कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्